PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

अर्थतन्त्रमा देखिएको समस्या तत्काल समाधान गर्ने उपाय खोज्नुपर्छ : राष्ट्रपति भण्डारी



पहिलोपोस्ट

अर्थतन्त्रमा देखिएको समस्या तत्काल समाधान गर्ने उपाय खोज्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रमा देखिएका समस्या समधान गर्न तत्कालै समधान खोज्नु पर्ने बताएकी छिन्।

आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशको राजनीति क्षेत्रले लय समाते पनि अर्थतन्त्रको क्षेत्रमा पाइला चाल्नुपर्ने समय आएको बताएकी हुन्।

देशमा आर्थिक जटिल अवस्था आएकाले अर्थतन्त्रमा देखिएका समस्या समधान गर्न अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्ने उनले बताइन्। बैंक तथा वित्तीय संस्थामा देखिएको ब्याजदर बृद्धिलाई समेत समाधान गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो।

अर्थ क्षेत्रमा देखिएको समस्याको गहन छलफलपछि उचित समाधान निकाल्नुपर्ने उनले बताइन्। लक्ष्यअनुसार राजस्व समेत नउठ्दा समस्या देखिएको उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell