PahiloPost

Nov 17, 2025 | २ मंसिर २०८२

जनकपुरस्थित राम मन्दिरबाट सुरु भयो ‘भगवत् गीता’को छायाङ्कन



पहिलोपोस्ट

जनकपुरस्थित राम मन्दिरबाट सुरु भयो ‘भगवत् गीता’को छायाङ्कन

काठमाडौं : झरना थापाको निर्देशन रहेको फिल्म ‘भगवत् गीता’ को छायाङ्कन सुरु भएको छ। शुक्रवार बिहान शुभमुहूर्तसँगै जनकपुरको राममन्दिरबाट छायाङ्कन सुरु भएको हो।

शुक्रवार बिहान भगवत् र गीता बनेका धीरज मगर र सुहाना थापाका केही दृश्य खिच्दै सुटिङ सुरु गरिएको थियो। छायाङ्कन सेटको फोटोमा सुहाना, धिरजसहित बिपिन कार्की, अनुरागमानसिंह कुँवर लगायतको कलाकारलाई देख्न सकिन्छ।

केही दिनअघि नै सुटिङकै लागि कास्ट एण्ड क्रिउसहितको टोली जनकपुर पुगेको थियो। त्यसैगरि, जनकपुर क्षेत्रमा २० दिनसम्म छायाङ्कन गरिने निर्माण टिमको योजना रहेको छ।

गत कृष्ण जन्माष्टमीको अवसरमा फिल्मको घोषणासँगै रिलिज डेट तोकिएको थियो। यो फिल्म बैशाख १ गते रिलिज हुने भनिएपनि ढिलो सुटिङ भएकाले प्रदर्शन मिति सर्ने पक्का भएको छ।

यो फिल्म सुहाना इन्टरटेन्मेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो। जनकपुरपछि मनाङमा पनि छायाङ्कन गरिने निर्माता सुनिल कुमार थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell