PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी संसद् भवन पुग्दा जे देखियो...

संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी संसद् भवन पुग्दा जे देखियो...

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रवार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेकी छन्। शीतल निवासदेखि नयाँ बानेश्वर पुग्दा उनको कारको अगाडि र पछाडिबाट घोडसवारहरुले स्कर्टिङ गरेका थिए।

राष्ट्रपति भण्डारीलाई संसद्मा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना तथा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र उपाध्यक्ष उर्मिला अर्याललगायतले स्वागत गरेका थिए। 

नेपालको संविधानको धारा ९५ बमोजिम शुक्रवार भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी हुन्। संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।



ट्रेन्डिङ पोस्ट

Ncell