PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले गरे पदभार ग्रहण



पहिलोपोस्ट

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले गरे पदभार ग्रहण
फोटो : तिलकराज ओझा/रासस

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले पदभार ग्रहण गरेका छन्। पद तथा गोपनियताको शपथ लिएपछि शाहले शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन्।

शुक्रवार नै प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा पद तथा गोपनियताको शपथ खुवाएका हुन्। मुख्यमन्त्री शाहले शपथ लिएसँगै एकीकृत समाजवादीलाई समेटेर तीन सदस्यीय मन्त्रिपरिषद् समेत गठन गरेका छन्।

मन्त्री हुनेमा भौतिक पूर्वाधार विकासमा नेपाली कांग्रेसका प्रकाश बहादुर देउवा र आर्थिक मामिला तथा योजनामा एकीकृत समाजवादीका नरेश कुमार शाही रहेका छन्। नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ लिएका छन्।

नेकपा (एमाले)बाट मुख्यमन्त्री रहेका राजेन्द्र रावलले विश्वासको मत प्राप्न गर्न नसकेपछि बिहीवार पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख जोशीले कांग्रेस संसदीय दलका नेता शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell