काठमाडौं : सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ। कर्णाली भेगको जनजीवन र संस्कृतिलाई समेटेको टिजरले जारी प्रथाले परिवार र सम्बन्धमा आएको उताडचडावको कथा भन्छ।
टिजरमा सुरक्षालाई कर्णाली भेगकी महिलाको रुपमा प्रस्तुत गरिएको छ। कर्णाली क्षेत्रका महिलाले भोग्नुपरेको समस्या र त्यसले उनीहरुको जीवनमा पारेको प्रभावलाई टिजरमा देख्न सकिन्छ।
लक्ष्मण सुनार निर्देशित यस फिल्ममा टोपेन्द्र विष्टले लगानी रहेको छ। फिल्ममा सुरक्षा पन्तका साथै नरेन खड्का, बिराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री लगायतका कलाकारहरुको अभिनय छ।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व मोति बिष्टको प्रस्तुति रहेको फिल्म शिब ढकालले खिचेका हुन्। फिल्मको कथा निर्देशक सुनारसहित, बिराज बिष्ट, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन्।
डोल्पा, जाजरकोट र रुकुम पश्चिमका विकट स्थानहरुमा खिचिएको यो फिल्म आगामी नयाँ वर्ष अर्थात बैशाख १ गते रिलिज हुनेछ।