PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

फिल्म 'हुक्का' को फस्टलुक पोस्टर सार्वजनिक, चैत ३ गतेबाट प्रदर्शन



पहिलोपोस्ट

फिल्म 'हुक्का' को फस्टलुक पोस्टर सार्वजनिक, चैत ३ गतेबाट प्रदर्शन

काठमाडौं : फिल्म ‘हुक्का-एन एब्जर्ड ड्रिम’ को फस्टलुक पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। शम्भु थापाको निर्देशन रहेको यो फिल्म आगामी चैत ३ गते रिलिज हुनेछ।

फस्टलुक पोस्टरमा फिल्मका प्रमुख कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरीलाई स्थान दिइएको छ। यो फिल्म स्पाइनी बाबलर क्रिएसन र ह्यासट्याग नेपालको सहकार्यमा निर्माण भएको हो।

फिल्ममा प्रमिला, प्रकाश र तेजसहित अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ।

सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा छ। पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कृष्णबहादुर थापाको छायाङ्कन छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell