PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

'प्रहरी मुर्दावाद' भन्दै वीर अस्पतालका डाक्टर उत्रिए आन्दोलनमा : प्रहरीले कुटेको आरोप, सडक ठप्प

'प्रहरी मुर्दावाद' भन्दै वीर अस्पतालका डाक्टर उत्रिए आन्दोलनमा : प्रहरीले कुटेको आरोप, सडक ठप्प

रविन खाकी/पहिलोपोस्ट


काठमाडौं : वीर अस्पतालका चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै अस्पतालका डाक्टर नर्स सडकमै विरोधमा उत्रिएका छन्। अस्पतालका डाक्टर नर्स विरोधमा उत्रिएपछि अहिले सहिदगेट सुन्धाराबाट रत्नपार्क – जमल आउने गाडी अवरुद्ध भएको छ।

चिकित्सकहरु अहिले 'प्रहरी प्रशासन मुर्दावाद! प्रहरी प्रशासन मुर्दावाद' भन्दै नाराबाजीमा उत्रिएका छन्। ट्राफिक प्रहरी भने चिकित्सकलाई अवरोध हटाउन अनुरोध गरिरहेको छ। शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त सदनलाई सम्बोधन गर्न पुगेकोले यसअघि पनि यो क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell