PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

वीर अस्पताल अगाडि डाक्टर र प्रहरीको धक्कामुक्की, राष्ट्रपतिको सवारीमा प्रहरीले अभद्र व्यवहार गरेको आरोप

वीर अस्पताल अगाडि डाक्टर र प्रहरीको धक्कामुक्की, राष्ट्रपतिको सवारीमा प्रहरीले अभद्र व्यवहार गरेको आरोप

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : वीर अस्पतालका चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै अस्पतालका डाक्टर नर्स सडकमै विरोधमा उत्रिएका छन्। अस्पतालका डाक्टर नर्स विरोधमा उत्रिएपछि अहिले सहिदगेट सुन्धाराबाट रत्नपार्क – जमल आउने गाडी अवरुद्ध भएको छ।

चिकित्सकहरु अहिले 'प्रहरी प्रशासन मुर्दावाद! प्रहरी प्रशासन मुर्दावाद' भन्दै नाराबाजीमा उत्रिएका छन्। राष्ट्रपतिको सवारीको समयमा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन्। प्रहरीले सडकको अवरोध हटाउन बल प्रयोग गरेपछि केही स्वास्थ्यकर्मी घाइते भएका छन्। शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त सदनलाई सम्बोधन गर्न पुगेकोले यसअघि पनि यो क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell