PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

आइतबारदेखि सुरु हुने रग्बी लिगमा चार टोलीको सहभागिता, दुई टोलीले भित्र्याए विदेशी खेलाडी



पहिलोपोस्ट

आइतबारदेखि सुरु हुने रग्बी लिगमा चार टोलीको सहभागिता, दुई टोलीले भित्र्याए विदेशी खेलाडी
तस्बिर: राखेप

काठमाडौँ: नेपाल रग्बी संघको आयोजनामा तेश्रो फिफ्टिन्स रग्बी लिग आइतबारदेखि हुने भएको छ। लिगमा ४ टिमको सहभागिता रहने रग्बी संघका अध्यक्ष दीपक देवकोटाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

प्रतियोगितामा आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिंगल राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा गर्ने छन्। हिमालयन टाइगरमा दुई विदेशी खेलाडी रहेका छन्। उनीहरु बाबु छोरा हुन्। गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका १–१ खेलाडी छन्। बाँकी २ टिममा विदेशी खेलाडी छैनन्।

माघ २९ गते, फागुन ३ गत र फागुन ६ गते समान २–२ खेल हुनेछ। लिगमा शीर्ष स्थान हात पार्ने टोलीले उपाधि जित्नेछ।

खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ। पहिलो संस्करणमा आर्मी र दोश्रोमा गोर्खाली रग्बी क्लबले उपाधि जितेको रग्बी संघका महासचिव गोविन्द घिमिरेले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell