PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

अमेरिकाले अलास्काको आकाशबाट खसालेको वस्तु के हो?



पहिलोपोस्ट

अमेरिकाले अलास्काको आकाशबाट खसालेको वस्तु के हो?
फोटो : Getty Images

चीनको जासुसी बेलुनपछि अमेरिकाको आकाशमा एक उडिरहेको वस्तु देखापर्‍यो। अलास्काको आकाशमा ४० हजार फिटमाथि उडिरहेको देखिएपछि उक्त वस्तु तत्काल खसाल्न अमेरिकी राष्ट्रपति जो बाइडेनले निर्देशन दिए।

लगत्तै अमेरिकन एयरफोर्सको फाइटर जेट प्रयोग गरी उक्त वस्तु खसालिएको अमेरिकी सेनाको दाबी छ। उक्त वस्तुमा खसाल्ने सेनाले मिसाइल नै प्रयोग गरेको थियो। अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन कर्मीले ६४ किलोमिटर प्रतिघण्टा उडिरहेको उक्त वस्तु खसालिएको दाबी गरे।

पेन्टागनले उक्त वस्तु ध्वस्त भएर समुद्रमाथि खसेको जनायो। तर यो वस्तु बेलुन थियो वा ड्रोन? – यसबारे अमेरिकी सेनाले कुनै जानकारी दिएको छैन। त्यसैगरी यो वस्तु कहाँबाट आयो भन्ने कुनै जानकारी पनि दिइएको छैन। उक्त वस्तुको नामाकरण पनि भएको छैन। मानवरहित सानो कारजत्रो उक्त वस्तु खसाल्न एआइएम- ९एक्स मिसाइल प्रयोग गरिएको थियो। क्यान्डाको सीमा क्षेत्रमा पर्ने अलास्का क्षेत्रको आकाशमा देखिएको उक्त वस्तु खसाल्न १० स्क्वायर माइल वरपर हवाइ उडान बन्द गरिएको थियो। उक्त वस्तु खसाल्न मिसाइल प्रहारका लागि क्यानडालेसमेत अनुमति दिएको थियो। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्वीट गर्दै उक्त वस्तु खसाल्न अमेरिकाको समर्थन गरिदिएका थिए।

गत ५ तारिखमामात्रै अमेरिकाले चीनको स्पाइ बेलुन खसालेको थियो। फेब्रुअरी २ मा अमेरिकी आकाशमा देखिएको उक्त जासुसी बेलुन अमेरिकाले ५ तारिखमा खसालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell