PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लुम्बिनीमा माओवादीकी मन्त्री केसीले दिइन् राजीनामा, राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसलाई सघाएको आरोप



रमेश पराजुली

लुम्बिनीमा माओवादीकी मन्त्री केसीले दिइन् राजीनामा, राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसलाई सघाएको आरोप

बुटवल : लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला विना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छिन्।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले मन्त्री केसीले राजीनामा दिएको पुष्टि गरे। ‘उहाँले राजीनामा दिएको कुरा आएको छ,’ बरालले भने, ‘आन्तरिक कारणले राजीनामा दिएको भन्ने कुरा पार्टीमा आयो। बाँकी छलफलमा क्रममै छौं।’

केसीले शनिबार राजीनामा दिएको बताइए पनि उनको राजीनामा मुख्यमन्त्री कार्यालयमा पुगेको छैन। मुख्यन्त्रीका प्रमुख स्वकीय सचिव अमृत गिरीले मन्त्री केसीले राजीनामा दिएको भन्ने कुरा सुन्नमा आए पनि राजीनामा मुख्यमन्त्रीसमक्ष अझै नआएको बताए।

माओवादीको प्रदेश कमिटीले मन्त्री केसीलाई राजीनामा दिन लगाएको हो। यही माघ २५ भएको राष्ट्रिय सभा उपनिर्वाचनमा उनले सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो। केसी बाँके क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell