PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

प्रकाशमानलाई प्रश्न : केन्द्र सरकारमा पुरानै गठबन्धन ब्युँतिन लागेको हो?



पहिलोपोस्ट

प्रकाशमानलाई प्रश्न : केन्द्र सरकारमा पुरानै गठबन्धन ब्युँतिन लागेको हो?

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि यो सरकार कायम रहनेमा आशंका व्यक्त गरेका छन्। शनिवार प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले यस्तो भनाई राखेका हुन्।

पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मीले कांग्रेस नेता सिंहलाई एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढल्नुको कारण सोधेका थिए। 'संविधानअनुसार चलाउन सकेन भने सरकार त फेरिन्छ नै। सुदूरपश्चिममा त्यस्तै भएको हो। ३० दिनमा विश्वासको मत पाउन सकेन नि। राजनीति भनेको सम्भावनाको खेल हो,' जवाफमा नेता सिंहले भनेका थिए।

उनले सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रमासमेत गडबढी आइसकेकोले यसबारे सबैले ध्यानपूर्वक हेर्न थालेको तर्क गरे। 'सेन्ट्रलमा पनि गठबन्धनको मिटिङमा कसले भाग लियो कसले लिएन भन्ने त देखिरहेको छ नि। यो एबनर्मल देखियो नि,' सिंहको भनाई थियो।

सिंहलाई पत्रकारले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को हुने भनी प्रश्न गरेका थिए। राष्ट्रपतिको उम्मेदवारबारे उनी खुलेनन्। 'हामी उम्मेदवार खडा गर्छौं। उम्मेदवार को हुन्छ भन्ने कुरा समय आएपछि क्लियर हुन्छ,' सिंहले भने।

के त्यसो भए अब केन्द्रमा पुरानै गठबन्धन ब्युतिनँ लागेको हो त? अन्तिममा पत्रकारले प्रश्न गरे। 'पुरानै गठबन्धन ब्युतिनँ लागेको हो कि भन्ने सोध्नुभयो। सिम्टोमबाट तपाईहरुले नै पत्ता लगाउनुस् न,' नेता सिंहको जवाफ थियो।

राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको उनको आशय थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell