PahiloPost

May 15, 2025 | २ जेठ २०८२

बसको ठक्करबाट आबुखैरेनीमा एक पैदल यात्रीको मृत्यु



रासस

बसको ठक्करबाट आबुखैरेनीमा एक पैदल यात्रीको मृत्यु

दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका-३ मा बसको ठक्करबाट शनिवार एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा ४० वर्षीय मिनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डुम्रेबाट आबुखैरेनी जाँदै गरेको ग १ ख ६३०७ नम्बरको बसको ठक्करबाट विकको मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए। बसको ठक्करबाट घाइते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा क्रममा मृत्यु भएको हो। बसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell