PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

बिहेभोज खाएर फर्केका लामाको भिरबाट लडेर मृत्यु



रासस

बिहेभोज खाएर फर्केका लामाको भिरबाट लडेर मृत्यु
प्रतीकात्मक फोटो

हेटौंडा : मकवानपुरको इन्द्रसरोवरमा बिहेभोज खाएर फर्किने बेला भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।

इन्द्रसरोवर गाउँपालिका–२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। छिमेकीको घरमा बिहेमा गई भोज खाएर घर फर्किने क्रममा उनी भीरबाट झण्डै ४० फिट तल खसेका थिए।

लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell