PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

प्रचण्डको दाबी : माओवादी अर्को चुनावमा सबभन्दा शक्तिशाली भएर आउँछ



पहिलोपोस्ट

प्रचण्डको दाबी : माओवादी अर्को चुनावमा सबभन्दा शक्तिशाली भएर आउँछ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रमशः एकता र रूपान्तरणमा गएको बताएका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले सरकारको नेतृत्व आफूले पाएको भए पनि चुनौतिपूर्ण रहेको उल्लेख गरे। 

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चाको तयारी भएको पनि जानकारी दिए।

'निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ। यो हाम्रा लागि चुनौतीपूर्ण छ। यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ,' प्रचण्डले भने। एकता सम्भव भएका पार्टीसँग एकता र बाँकी दलसँग मोर्चा बनाएर अघि बढ्नुपर्ने प्रचण्डको भनाइ थियो।

'माओवादीको भविश्य उज्ज्वल छ'

२०६४ को चुनावमा सबैभन्दा ठूलो दल बनेको माओवादी त्यसपछिका टुटफुट र विभाजनले लगतार ओरालो लागेको भए पनि प्रचण्डले भविश्य राम्रो रहेको बताएका हुन्। अर्को निर्वाचनका बेलामा सबैभन्दा शक्तिशाली माओवादी नै हुने प्रचण्डको दाबी छ। 'अर्को निर्वाचनसम्म जाँदा हाम्रो पार्टी फेरि शक्तिशाली भएर आउँछ। देशको वैकल्पिक शक्ति हामी नै हौँ भन्ने तथ्य परिणामबाट स्थापित हुन्छ। त्यसरी हेर्दा मैले माओवादी पार्टीको भविष्य उज्ज्वल नै देखिरहेको छु, ' प्रचण्डले भने।

'माओवादी आन्दोलनप्रति न्याय भयो'

माओवादी नेतृत्व नै सर्वमान्य नेतृत्व भएको प्रचण्डको भनाइ छ। माओवादीले मात्रै सबैलाई मिलाएर लैजान सक्छ भन्ने सन्देश प्रवाह भएको उनको भनाइ रह्यो। 'माओवादी नेतृत्वले मात्र देशलाई एकताबद्ध गर्नसक्छ, सबै दललाई मिलाएर लैजान सक्छ,' उनले भने। पुस २६ गते प्रतिनिधिसभाबाट प्राप्त विश्वासको मतले माओवादी आन्दोलनलाई न्याय भएको प्रचण्डको भनाइ छ। भने, 'प्रतिनिधिसभामा जुन विश्वासको मत प्राप्त भयो। त्यो इतिहासकै अभूतपूर्व रह्यो। त्यसले माओवादी आन्दोलनप्रति न्याय भएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell