PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

सुदूरपश्चिममा एमाले सरकार ढलेको उदाहरण दिँदै माधव नेपाल : राष्ट्रपतिको निर्वाचनमा को-को 'सेन्टीफ्ल्याट' हुने हुन्?



पहिलोपोस्ट

सुदूरपश्चिममा एमाले सरकार ढलेको उदाहरण दिँदै माधव नेपाल : राष्ट्रपतिको निर्वाचनमा को-को 'सेन्टीफ्ल्याट' हुने हुन्?
फाइल फोटो

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति बन्न केही नेता मख्ख परेको भए पनि सजिलो नभएको टिप्पणी गरेका छन्। पार्टी कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा नेपालले राष्ट्रपतिको निर्वाचनसम्म परिस्थिति बदलिने संकेत गरे।

सत्ता गठबन्धनको सहमतिअनुसार राष्ट्रपतिमा एमालेले दाबी गरिरहेको छ। नेपालले राष्ट्रपति एमालेले नपाउने संकेत गर्दै एमालेका नेता निरास हुनुपर्ने स्थिति आउने बताए। 

'कति व्यक्तिहरु म राष्ट्रपति हुने भए भनेर दंग परेका छन्। सबैलाई राष्ट्रपति पद दिइएको छ। कोको सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन,' नेपालले भने। नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीलाई कम नठान्न चेतावनी दिए। सुदूरपश्चिममा एमालेको सरकार ढलेको उदाहरण दिँदै नेपालले एमालेले धक्का खान थालिसेकको बताए।

भने, 'राष्ट्रिय राजनीतिमा हामी पनि छौं है। हाम्रो पनि भूमिका छ है। मैले नै नेपाली कांग्रेससँग कुरा गरे। अरुसँग पनि कुरा गरियो सुदूरपश्चिमको सन्दर्भमा।' एमालेले आफ्ना पार्टीको अस्तित्व नै नभएको भन्दै आलोचना गरेको प्रति नेपालले असन्तुष्टि व्यक्त गरे। 'के मुल्य छ भन्नेहरु भन्दै गर्छन्। जब पछारिन्छन् अनि बल्ल चेत खुल्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell