PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

भैरहवामा शुरु भयो रुपन्देही सुपरलिग



पहिलोपोस्ट

भैरहवामा शुरु भयो रुपन्देही सुपरलिग
सुपरलिग उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खान।

बुटवल : रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता सुरु भएको छ। रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको शनिवार सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले उद्घाटन गरे।

प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन्। प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन्।

शनिबार भएको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँमिलले बिजयी सुरुवात गरेको छ। नेपथ्यले देबदह क्रिकेट युनिट देबदहलाई ६८ रनले पराजित गर्दै जित निकालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell