PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

दक्षिण अफ्रिकाका चर्चित र्‍यापर 'ए के ए'को गोली हानी हत्या



पहिलोपोस्ट

दक्षिण अफ्रिकाका चर्चित र्‍यापर 'ए के ए'को गोली हानी हत्या
Photo : The Guardian Nigeria

'ए के ए' नामले परिचित दक्षिण अफ्रिकाका चर्चित र्‍यापर किरनान फोर्बसको गोली हानी हत्या गरिएको छ। डरबन शहरमा एक रेष्टुराँ बहिर एकेएमाथि गोली प्रहरार भएको ह। गोली प्रहारबाट उनका नजिकका साथी तेबेल्लो तिब्ज मोतसोनेको पनि निधन भएको छ।

फोर्बसको जन्मदिन पार्टी मनाउने क्रममा नाइटक्लब जाने क्रममा दुईजना माथि गोली प्रहार भएको थियो। फोर्बस र उनका साथीको हत्यापछिको उद्धेश्यबारे अहिले प्रहरीले छानबिन गरिरहेको छ।

प्रहरीका अनुसार कारमा जाँदै गर्दा दुई जना व्यक्तिले नजिक गएर एकेए र उनका साथीमाथि गोली प्रहार गरेका थिए। गोली प्रहार गरेपछि दुईजना बन्दुकधारी भागेका थिए।

फोर्बसले एकल र्‍याप प्रस्तुती दिनुअघि र्‍याप ग्रुप इन्टिटिसँग मिलेर आफ्नो सांगितिक करियर सुरु गरेका थिए। उनीमाथि गोली चल्नु केही घण्टाअघिमात्रै उनले सामाजिक संजालमा अर्को हप्ता ‘मास कन्ट्री’ एल्बम लन्च गर्ने घोषणा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell