PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

सांसदहरुका लागि शीतल निवासमा सांस्कृतिक कार्यक्रम र रात्रीभोज आयोजना



पहिलोपोस्ट

सांसदहरुका लागि शीतल निवासमा सांस्कृतिक कार्यक्रम र रात्रीभोज आयोजना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सम्मानमा रात्रिभोजसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेकी छिन्। राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित सांस्कृतिक कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारले विभिन्न जातजाति र समुदायका कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका अध्यक्ष, सांसदहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुख-प्रतिनिधिलगायत विशिष्ट पाहुनाको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell