PahiloPost

Mar 18, 2026 | ४ चैत्र २०८२

खेलकुद विश्वविद्यालय कार्यदलले राखेपलाई बुझायो आशय पत्र



पहिलोपोस्ट

खेलकुद विश्वविद्यालय कार्यदलले राखेपलाई बुझायो आशय पत्र
तस्बीर: राखेप

काठमाडौँ: खेलकुद विश्वविद्यालय कार्यदलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आशय पत्र बुझाएको छ। विश्वविद्यालयकी सह–संयोजक गीता क्षेत्री राणाले राखेप सदस्य–सचिव टंकलाल घिसिङलाई प्रस्तावित आशय पत्र हस्तान्तरण गरिन्।

आशय पत्रमा समस्याका पहिचान, लक्ष्य, खेलकुद विश्वविद्यालयको उद्देश्य, औचित्य, खेलकुद विश्वविद्यालय स्थापना गर्न थप आवश्यक आधार, खेलकुद विश्वविद्यालयको आधारभूत चरित्र, सम्भावित चुनौती, अवसर र उपाय, शैक्षिक कार्यक्रम र पाठ्यक्रम, उपादेयता तथा नीतिगत व्यवस्थापनका विषयमा उल्लेख गरिएको छ।

राखेपले खेल क्षेत्रको समग्र विकासका लागि खेलकुदसम्बन्धि छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनु पर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालयसम्बन्धि कार्यदल गठन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell