PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

बराबरीमा रोकियो आर्सनल, टोटेनहम लेस्टर सिटीसँग पराजित



पहिलोपोस्ट

बराबरीमा रोकियो आर्सनल, टोटेनहम लेस्टर सिटीसँग पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर आर्सनल बराबरीमा रोकिएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनल ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६६ औं मिनेटमा लिओनार्दो ट्रसआर्डको गोलमा आर्सनलले अग्रता बनाएको थियो। तर, ७४ औं मिनेटमा इभान टोनीले ब्रेन्टफोर्डका लागि गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टोली गोल फर्काउन नसक्दा खेल १-१ गोलको बराबरीमा रोकियो।

आजै सम्पन्न अर्को खेलमा लेस्टर सिटीले टोटेनहम हट्स्परमाथि फराकिलो जित निकालेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टर सिटीले टोटेनहममाथि ४-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। खेलको १४ औं मिनेटमा बेन्टानकुरको गोलमा टोटेनहमले अग्रता बनाए पनि लेस्टरसिटीले सानदार पुनरागमन गर्न सफल भयो। २३ औं मिनेटमा घरेलु टोलीका नामपल्स मेन्डीले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यसको दुई मिनेट नबित्दै जेम्स म्याडिसनले गोल थप्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यस्तै केलेची इहानचोले गोल थप्दा पहिलो हाफमा लेस्टरसिटी ३-१ गोलले अघि रह्यो। ८१ औं मिनेटमा हार्भे बार्नेसले गोल थप्दा लेस्टरसिटी ४-१ गोलको सहज जित निकाल्न सफल रह्यो।

योसँगै २२ खेलबाट २४ अंक जोडेको लेस्टरसिटी अंकतालिकाको १३ औं स्थानमा उक्लिएको छ भने टोटेनहम २३ खेलबाट ३९ अंक जोडेर पाँचौँ स्थानमा कायम छ। बराबरीमा रोकिएको आर्सनल ५१ अंक जोडेर शीर्षस्थानमा रहँदा ३४ अंक जोडेको ब्रेन्टफोर्ड आठौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell