PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

जनमत सङ्ग्रह गरेर नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ : शशांक कोइराला



पहिलोपोस्ट

जनमत सङ्ग्रह गरेर नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ : शशांक कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताएका छन्। उनले जनमत सङ्ग्रह गरि नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताएका हुन्।

शनिवार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट-१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताएका हुन्।

भने,'जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ।'

कोइरालाले सो आश्रमको स्तरोन्नतिका लागि सरकार, दातृ निकाय र भातृ निकायमा पहल गर्ने आश्वासनसमेत दिए। श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रमको आयोजनामा जारी महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका छन्। आश्रमस्थलको बृहत् गुरुयोजनाअनुसार समावेशी गुरुकूल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशालालगायत विविध भौतिक संरचनाको निर्माणका लागि गरिएको महायज्ञ फागुन १ गतेसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कँडेलले जानकारी दिए।

उनकाअनुसार हालसम्म महायज्ञमा एक करोड २० लाख रुपैयाँ संकलन भएको छ। महायज्ञस्थलमा १६ करोड बराबरको पाँच तले धर्मशाला निर्माणका लागि शिलान्याससमेत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell