PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

टर्कीए-सिरिया भूकम्प : मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो, थपियो सुरक्षा चुनौती



पहिलोपोस्ट

टर्कीए-सिरिया भूकम्प : मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो, थपियो सुरक्षा चुनौती
Photo : Xinhua

टर्कीए र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ। मंगलवार गएको दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन्।

अहिले पनि धवस्त भएका भवनहरुमा पुरिएका मानिसहरुको उद्धारको कार्य जारी छ। भूकम्प गएको १३२ घण्टपछि पनि जीवितै मानिस उद्धार गर्न उद्धार टोली सफल भएका छन्।

यद्यपि, केही स्थानमा झडप हुँदा जर्मनी र अस्ट्रियाका ‘सर्च अपरेसन ग्रुप’ले उद्धारकार्य हाललाई स्थगित गरेको छ। भूकम्प प्रभापित क्षेत्रमा सुरक्षा चुनौती थपिँदै गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। स्थानीय मिडियाले भने बन्दुक सहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छर लुटपातमा संलग्न करिब ५० जनालाई पक्राउ गरिएको उल्लेख गरेका छन्।

जर्मनी र अस्ट्रियाका उद्धार टोलीले टर्कीए सरकारले सुरक्षाको प्रत्याभूति दिए उद्धारकार्य सुरु गर्ने बताएको छ। टर्कीए सरकारले भने हिंसामा संलग्न जो कोहीलाई पनि कारवाही गर्ने चेतावनी दिइसकेको छ।

टर्कीएमा मात्रै २४ हजार ६०० भन्दा बढीको मृत्यु भएको आधिकारिक तथ्यांक सार्वजिक भएको छ। सिरियामा भने करिब ४ हजारजनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell