बुटवल : लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमाकान्त पौडेल नियुक्त भएका छन्। पौडेललाई मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन्।
लुम्बिनी प्रदेश कानुन आयोगका पूर्व सदस्य रहेका पौडेल रुपन्देहीको तिलोत्तमा निवासी हुन्। पौडेलले आइतवार नै शपथ लिने कार्यक्रम छ।