PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

महाशिवरात्रिमा पशुपति क्षेत्रमा सीसीटीभीमार्फत् निगरानी राख्न मन्त्री किरातीको निर्देशन



रासस

महाशिवरात्रिमा पशुपति क्षेत्रमा सीसीटीभीमार्फत् निगरानी राख्न मन्त्री किरातीको निर्देशन
फोटो : रासस।

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले महाशिवरात्रिमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन्।

महाशिवरात्रिको पूर्व सन्ध्यामा आयोजित सरसफाइ अभियानमा सहभागी हुँदै उनले त्यस अवसरमा सुरक्षा व्यवस्था बलियो बनाउन सीसीटीभीमार्फत् निगरानी राख्न निर्देशन दिएका हुन्।

आज ‘स्वच्छ पशुपति, सफा पशुपति’ भन्ने नाराका साथ सुरु भएको सरसफाई अभियानका क्रममा मन्त्री किरातीले यस क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थानका लागि छुट्टा-छुट्टै ‘डस्टबिन’ राख्न कोषका पदाधिकारीलाई निर्देशन दिए। उनले पशुपति क्षेत्रमा आउने दर्शकका लागि सहज शौचालयको व्यवस्था गर्न समेत निर्देशन दिए।

आइतवारदेखि सुरु भएको पशुपति क्षेत्र सरसफाइ अभियान एक सातासम्म चल्ने छ। महाशिवरात्रि नजिकिएसँगै पशुपति परिसर क्षेत्रमा रङरोगन, मर्मत तथा फूल तथा बिजुली बत्ती सजावटको काम सुरु भइसकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन कुमार थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell