PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ को सट्टा ‘पठान’ रोजे शाहरुखले, 'बल्ल त एक्सन हिरो बनेको छु'



पहिलोपोस्ट

‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ को सट्टा ‘पठान’ रोजे शाहरुखले, 'बल्ल त एक्सन हिरो बनेको छु'
File photo

शाहरुख खानको मुख्य भूमिका रहेको बलिउड ‘पठान’ले बक्सअफिसमा कीर्तिमानी कमाई गरिरहेको छ। ‘पठान’ को सफलतासँगै शाहरुखलाई रोमान्टिक हिरो बाट ‘एक्सन हिरो’का रुपमा चित्रण गर्न थालिएको छ।

यसैबिच शाहरुख खानले आफूलाई ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ को सट्टा ‘पठान’ हेर्न रुची रहेको बताएका छन्। धेरै मुश्किलपछि एक्सन हिरो बनेको बताउँदै उनले अब डीडीएलजेको राजा बन्न नचाहने बताएका हुन्।

यशराज फिल्म्सले यो भ्यालेन्टाइन सप्ताहमा भारतका ३७ शहरमा ‘डीडीएलजे’ पुन: रिलिज गर्ने घोषणा गरेको थियो। यशराज फिल्म्सले ट्विटरमा लेखेका छ ‘डीडीएलजे र पठान एकसाथ आउँदैछन्। यस भ्यालेन्टाइन हप्तामा दुवै हिट फिल्मको सँगै आनन्द लिनुहोस्।’

उक्त ट्विटलाई सेयर गर्दैँ शाहरुखले यस्तो प्रतिक्रिया दिएका हुन। ‘अरे यार यति धेरै मुश्किलपछि एक्सन हिरो बनेको छु। तर, तपाईंहरु फेरि राजलाई फर्काउन खोज्दै हुनुहुन्छ। उफ !, यो प्रतिस्पर्धाले मलाई बाँच्न नदिने भयो।, म पठानलाई मात्र हेर्न जान्छु। राज त घरकै हो,’ उनले ट्विटरमा लेखेका छन्।

२० अक्टोबर १९९५ मा रिलिज भएको दिलवाले दुल्हनिया ले जाएङ्गेले भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म चल्ने फिल्म हो। मुम्बईको मराठा मन्दिर सिनेमा हलमा यो फिल्म २७ वर्षदेखि निरन्तर चलिरहेको छ। यसै फिल्मबाट शाहरुख रोमान्टिक हिरोको रुपमा स्थापित भएका थिए। फिल्ममा शाहरुख र काजोलको जोडीलाई निकै रुचाइएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell