PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

सुदूरपश्चिममा कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई विश्वासको मत दिनुपर्छ : माधव नेपाल 



रासस

सुदूरपश्चिममा कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई विश्वासको मत दिनुपर्छ : माधव नेपाल 

अत्तरिया : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन्। पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुगेका नेपालले आइतवार आयोजित पत्रकार सम्मेलनमा उक्त भनाइ राखेका हुन्।

'सबै पार्टीलाई समेटर अगाडि बढनुपर्छ', नेपालले भने, 'हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो। मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हन्छ।' संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा छिटो टुङगाउनु राम्रो हुने बताए।

प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सैबलाई समेटेर जानुपर्नेमा सुझाव दिँदै नेपालले मध्यवधि निर्वाचनतर्फ जान नहुने र यसलाई  मुलुकले आर्थिक हिसाबले पनि धान्न नसक्ने उल्लेख गरे। 

सुदूरपश्चिममा नेकपा (एमाले) नेतृत्वको बनेको सरकार विश्वासको मत पाउन नसकेपछि एक महिनामै ढलेको र फेरि अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ।

कांग्रेस नेतृत्वको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell