काठमाडौं : प्रतिनिधि सभाका सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)ले ठूला नेता र व्यापारिले देशलाई लुटिरहेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभामा बोल्दै शाहीले हरेक नेपालली कर तिर पनि त्यसको मुल्य नभएको बताए। 'यो ढड्डा सिस्टम भयो। राजस्व वृद्धि गर्ने त भन्नु भयो। अहिले नेपालमा ७५ खर्ब टन ओभर गर्छौं। नेपालका हरेक नागरिकले ४० प्रतिशतले त कर तिर्छौं। त्यो पैसा कहाँ जान्छ?,' शाहीको प्रश्न छ।
उनले डिजिटल सिस्टमबाट कर उठाउँन सुझाव दिएका छन्। 'यहाँ अण्डर भ्यालुएसन हुन्छ। ठूला नेता र व्यापारिले देशलाई लुटिरहेका छन्। डिजिटल सिस्टममा कर उठाउँछ। ३० खर्ब राजस्व उठ्छ। विदेशको अनुदान आवश्यक पर्दैन। खर्च कटौति गर्ने कुरा होइन,' शाहीले भने।