PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

देउवा सरकारले ल्याएको बजेट कटौति : घटाइयो दुई खर्ब ४४ अर्ब



पहिलोपोस्ट

देउवा सरकारले ल्याएको बजेट कटौति : घटाइयो दुई खर्ब ४४ अर्ब

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष प्रस्तुत भएको महत्वाकांक्षी बजेटको आकार घटाएका छन्। उनले बजेटको मध्यावधि समीक्षामा चालु बजेेटको आकार २ खर्ब ४४ अर्बले घटाइदिएका छन्।

शेरबहादुर देउवा नेतृत्वका अर्थमन्त्री जनार्दन शर्माले राजस्वको महत्वाकांक्षी स्रोत राखेर जम्बो बजेट ल्याएका थिए। अर्थतन्त्र संकटमा गुज्रिएका बेला उनले सस्तो लोकप्रियताका लागि ल्याएको बजेटको आकार अर्थमन्त्री पौडेलले कैंची लगाएका हुन्।

उपप्रधान एवम् अर्थमन्त्री पौडेलले आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिएका हुन्। चालु आवमा कूल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ कायम गरिएको छ। बजेटको आधार १४ प्रतिशतले घटाइएको हो।

चालु खर्चतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ बराबर सुरुवाती विनियोजन थियो। त्यसलाई घटाएर १० खर्ब २१ अर्ब ९२ करोड रुपैयाँमा झारिएको छ। जुन सुरुवाती विनियोजनको ८६ दशमलव ३७ प्रतिशत बराबर हो। त्यसैगरी पुँजीगत खर्चतर्फ तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर तीन खर्ब १३ अर्ब ८५ करोड रुपैयाँमा झारिएको छ। जुन सुरुवाती विनियोजनको ८२ दशमलव ५१ प्रतिशत बराबर हो।

वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २१ करोड रुपैयाँ बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर दुई खर्ब १४ अर्ब २१ करोड रुपैयाँमा झारिएको छ। जुन सुरु विनियोजनको ९३ दशमलव ०५ प्रतिशत बराबर हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell