PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

विश्वासको मतपछि परिस्थिति बदलिएको प्रचण्डको टिप्पणी : समर्थन गर्ने पार्टीको भावना पनि सम्बोधन गर्नुछ



पहिलोपोस्ट

विश्वासको मतपछि परिस्थिति बदलिएको प्रचण्डको टिप्पणी : समर्थन गर्ने पार्टीको भावना पनि सम्बोधन गर्नुछ

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण हुने बताएका छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित वाग्मती प्रदेश समन्वय समितिको बैठकमा प्रचण्डले २ महिने संगठनात्मक अभियान सञ्चालन हुने बताएका हुन्।

सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको प्रचण्डले बताए। 'सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनर्निर्माणको आधार तयार पार्नु पनि हो,' प्रचण्डको भनाइ थियो। आफूले प्रतिनिधि सभामा विश्वासको मत पाउँदाको स्थिति एउटा र त्यसअघिको स्थिति अर्कै भएको प्रचण्डले बताए। भने,'विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ। विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो।'
सरकारलाई विश्वासको मत दिने पार्टीको भावना पनि सम्बोधन गर्नुपर्ने प्रचण्डले बताए। राष्ट्रिय एकताका निम्ति पहल गर्नुपर्ने उनको भनाइ छ।

'सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नुछ। हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ। त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell