PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

भोलि बिदा दिने सरकारको निर्णय, 'जनयुद्धले परिवर्तनमा योगदान पुर्‍यायो'



पहिलोपोस्ट

भोलि बिदा दिने सरकारको निर्णय, 'जनयुद्धले परिवर्तनमा योगदान पुर्‍यायो'

काठमाडौं : भोलि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। आइतवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक विदा दिने घोषणा गरेको हो। यसअघि वाग्मती प्रदेशले जनयुद्ध दिवसमा प्रदेशभर बिदा दिने निर्णय गरेको थियो।

यसैगरी यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell