PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

भोलि बिदा दिने निर्णयप्रति कमल थापाको आपत्ति : माओवादी आतंक राष्ट्रिय पर्व हुन सक्दैन



पहिलोपोस्ट

भोलि बिदा दिने निर्णयप्रति कमल थापाको आपत्ति : माओवादी आतंक राष्ट्रिय पर्व हुन सक्दैन
फाइल फोटो

काठमाडौं : सरकारले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राप्रपा नेपालका अध्यक्ष कमल थापले आपत्ति जनाएका छन्। राप्रपा नेपालका अध्यक्ष थापाले हजारौं निर्दोषको ज्यान लिने माओवादी आतंक राष्ट्रिय पर्व हुन नसक्ने तर्क गरेका छन्।

'२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरुगरेको दिनको सम्झनामा फागुन १गते सार्वजनिक बिदा दिने सरकारको निर्णय आपत्तिजनक छ,' थापाले सामाजिक सञ्जालमा भनेका छन्, 'हजारौ निर्दोषको ज्यान लिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन। राजा र हिन्दुराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell