PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

भोलिको बिदाबारे राजेन्द्र लिङ्देन : म क्याबिनेटमै थिइनँ, निर्णय थाहा छैन



पहिलोपोस्ट

भोलिको बिदाबारे राजेन्द्र लिङ्देन : म क्याबिनेटमै थिइनँ, निर्णय थाहा छैन
फाइल फोटो

काठमाडौं : उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले जनयुद्ध दिवसमा सरकारले बिदा दिएको निर्णयबारे जानकारी नभएको बताएका छन्।

मन्त्रिपरिषदको आइतवारको बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। उक्त निर्णयबारे राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका लिङ्देनले भोलि बिदा दिने निर्णयबारे अनभिज्ञता प्रकट गरेका हुन्।

'थाहा भएन। प्रधानमन्त्रीले बिदा नै धेरै भए भन्दै हुनुहुन्थ्यो। म आज क्याबिनेटमा थिएन,' पहिलोपोस्टसँग लिङ्देनले भने। यसअघि राप्रपाले पृथ्वी जयन्तीमा बिदा नदिए सरकारमै सहभागी नहुने शर्त राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाध्य भएर बिदा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell