PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

जनयुद्ध दिवसमा बिदा ज्यादतीपूर्ण निर्णय : भीमार्जुन आचार्य, 'अब संवैधानिक सर्वोच्चता नै रहेन'



पहिलोपोस्ट

जनयुद्ध दिवसमा बिदा ज्यादतीपूर्ण निर्णय : भीमार्जुन आचार्य, 'अब संवैधानिक सर्वोच्चता नै रहेन'

काठमाडौं : संविधानविद डा. भिमार्जुन आचार्यले जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय ज्यादतीपूर्ण भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारको दुरुपयोग गरेर भोलि बिदा दिने निर्णय गराएको उनको दाबी रह्यो। 

'यो एकदम गलत छ। कार्यकारी शक्तिको अति धेरै दुरुपयोग भएको छ। यो दिवस मनाउने कुरा नै विवादास्पद छ। यो राष्ट्रले मनाउने भन्ने कुरा नै भएन। हजारौं मानिसहरु मरे। द्वन्द्व पीडितले न्याय पाउने भन्ने कुरा पनि आजबाट सकियो,' आचार्यले भने। 

अहिलेको सरकार यसका लागि गठन नै नभएको भन्दै उनले संवैधानिक सर्वोच्चतासमेत कुल्चिएको आरोप लगाए। 'धेरै ठूलो ज्यादतीपूर्ण निर्णय भयो यो। प्रधानमन्त्रीले शक्तिको दुरुपयोग गरेको मान्नुपर्छ। यो गर्नका लागि जनताले यो सरकार गठन गरेका होइनन्। संवैधानिक सर्वोच्चता पनि रहेन। व्यक्तिको शासन हुने भयो,' उनले पहिलोपोस्टसँग भने।

प्रधानमन्त्री दाहालले केही दिनअघि बिदा नै धेरै भएको भन्दै दिएको अभिव्यक्तिसँग जोड्दै आचार्यले प्रधानमन्त्रीले दशैं बिदा कटाउने योजना बनाएको आरोप लगाए। भने,'प्रधानमन्त्रीको नियत त हाम्रो धर्म संस्कृतिसँग जोडिएको कुरासँगका बिदा कटौती गर्ने भन्ने छ। उहाँले दशैं बिदा कटाउने भन्ने सोच्नुभएको होला।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell