सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित बसपार्क नजिकै बसको ठक्करबाट आइतवार एक महिलाको मृत्यु भएपछि सोमवार बिहानैदेखि आफन्तजनहरु आन्दोलनमा उत्रिएका छन्। आफन्तजन तथा सर्वसाधारणहरु एरीचौक, मङ्गलगढी, जुम्लारोडलगायत स्थानमा आन्दोलनमा उत्रिएका हुन्।
आफन्तहरु आन्दोलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छोटो तथा लामो दुरीका सवारीसाधन ठप्प छन्। मंगलगढीचौकमा प्रशासनले सुरक्षाका लागि सुरक्षाकर्मी खटाएको छ।
क्षतिपूर्ति र गाडी चालकलाई हदैसम्मको कारबाहीको माग मृतकका आफन्तहरुले राखेका छन्।