PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

आफ्नो आलोचना गरिरहेकाहरुलाई एलिनाको जवाफ : भावनामा नबग्नु



पहिलोपोस्ट

आफ्नो आलोचना गरिरहेकाहरुलाई एलिनाको जवाफ : भावनामा नबग्नु
Eleena Chauhan Facebook

काठमाडौं : अहिलेको चर्चित गायिकाको सूचीमा पर्छिन् एलिना चौहान। आफ्ना हिट गीतहरु कन्सर्टमा गाउँदै गरेका उनका भिडियोहरु टिकटकमा भाइरल छन्। चर्चा र व्यस्तताबिच उनी केही दिन अघि प्रकाश सुवेदीको शो 'रजटपट'मा पुगिन्।

त्यहाँ एलिनालाई नेता र कलाकारहरुको तस्विर देखाउँदै सुवेदीले उनीहरुको परिचय सोधे। एलिनाले कतिलाई चिनिन्, कतिलाई चिनिनन्। त्यही 'सेग्मेन्ट' मा उनलाई रवि लामिछानेको तस्विर पनि देखाइयो। 

एलिनाले पनि रविलाई चिनिहालिन् र भनिन्, ‘रवि दाई। उहाँलाई त्यसरी चिन्दिन। चिन्छु! चर्चा भएपनि व्यक्तिगत रुपमा कस्तो मान्छे हो त्यो थाहा छैन। तर, उहाँलाई कुन रुपमा चिन्नुहुन्छ भन्दा म कुनै पनि रुपमा चिन्दिन।’

एलिनाको यही बोलीका कारण अहिले उनको आलोचना भइरहेको छ। उनले बोलेको भिडियोको क्लिपहरु अहिले टिकटकमा भाइरल छन्। जसमा रवि लामिछानेलाई नचिनेको भन्ने भिडियो क्लिप काटेर एलिनामाथि आक्रोश पोखिरहेका छन् टिकटक प्रयोगकर्ताहरु।

आफूले बोलेको कुरालाई इडिट गरेर प्रस्तुत गरिएपछि एलिनाले स्पष्टीकरण दिएकी थिइन्। दर्शकको मायाले यहाँसम्म पुगेको बताउँदै उनले भिडियोको सानो क्लिप टिकटकमा हालेर गलत व्याख्या गरिएको बताएकी छिन्।

‘रजतपट कार्यक्रमको ‘कुन रुपमा चिन्नुहुन्छ?’ भन्ने सेग्मेन्टमा रवि दाईको फोटो देखाएर सञ्चालकले उहाँलाई कुन रुपमा चिन्नुहुन्छ भनेर प्रश्न गर्नुभएको थियो। मैले उहाँसँग देखभेट नभएको र अन्तर्वाता/कार्यक्रम पनि नभएको हुनाले व्यक्तिगत चाँहि कुनै रुपमा चिन्दिन भनेकी थिएँ। चौहानले भनेकी छिन्।

एलिनाले टिकटकमा सानो क्लिप हालेर गलत प्रचार नगर्न आग्रहसमेत गरेकी छिन्। 

'टिकटकतिर सानो क्लिप काटेर अर्थको अनर्थ लगाएर गलत ब्याख्या गर्दै हदैसम्म गिरेर गालि गरिरहेको पाए। भावनामा बगेर भन्दा पनि कृपया पुरा पुरा अन्तर्वाता हेरेर मात्र धारणा बनाउनुहोला,' उनले भनिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell