PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

जनयुद्ध दिवसको बिदाबारे कांग्रेसको आधिकारिक धारणा खोज्दै मीनेन्द्र रिजाल : कि राष्ट्रपति निर्वाचन पछि आउने हो?



पहिलोपोस्ट

जनयुद्ध दिवसको बिदाबारे कांग्रेसको आधिकारिक धारणा खोज्दै मीनेन्द्र रिजाल : कि राष्ट्रपति निर्वाचन पछि आउने हो?
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले जनयुद्ध दिवसबारे कांग्रेसको आधिकारिक धारणा नआएकोमा जिज्ञासा राखेका छन्। सरकारले सोमवार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएपछि चौतर्फी विरोध भएको छ। यद्यपि दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले भने मौन छ।

संविधानको मर्मविपरित बिदा घोषणा भएको दाबी गर्दै रिजालले कांग्रेसको आधिकारिक धारणा खोजेका हुन्। 'एमालको दर्हो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यस्मा अन्तर्निहित मर्म विपरित घोषणा गरेको कथित "जनयुद्ध दिवस" बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू,' रिजालले फेसबुकमा लेखेका छन्।

राष्ट्रपतिको निर्वाचनअघि सम्म एमाले र कांग्रेस दुबै दल माओवादीलाई नचिढ्याउने पक्षमा रहेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell