काठमाडौं : परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबिच छलफल सुरु भएको छ। सचिवस्तरीय बैठकमा सहभागी हुन क्वात्रा आज बिहान काठमाडौं आइपुगेका हुन्।
हाल विदेश सचिव क्वात्रा र परराष्ट्र सचिव पौड्याल सचिवस्तरीय बैठकमा छन्। सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबिचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा उनीहरुबिच 'कनेक्टिभिटी', ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने जनाइएको छ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको उनको यो पहिलो नेपाल भ्रमण हो। भारतको विदेशसचिव हुनुअघि क्वात्रा नेपालका लागि भारतीय राजदूत थिए।