PahiloPost

Nov 16, 2025 | १ मंसिर २०८२

काठमाडौं आइपुग्यो तीन लाख ४५ हजार डोज 'बाइभ्यालेन्ट' खोप



पहिलोपोस्ट

काठमाडौं आइपुग्यो तीन लाख ४५ हजार डोज 'बाइभ्यालेन्ट' खोप
FILE PHOTO

काठमाडौं : फाइजरको नयाँ खोप 'बाइभ्यालेन्ट'को तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ती खोप आइपुगेको बताए।

उनले 'गाभी'मार्फत प्राप्त उक्त खोेपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने जानकारी दिए।

नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गरिनेछ। ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ।

कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा चार चरणमा उपलब्ध गराइने र सोहीअनुसार आज तीन लाख ४५ हजार मात्रा खोप भित्र्याइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell