PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

'फूलबारी' को अग्रिम बुकिङ खुला, दुई विदेशी फिल्मका कारण शो बाँडियो



पहिलोपोस्ट

'फूलबारी' को अग्रिम बुकिङ खुला, दुई विदेशी फिल्मका कारण शो बाँडियो

काठमाडौं : फागुन ५ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘फूलबारी’ को अग्रिम बुकिङ खुल्ला गरिएको छ। रामबाबु गुरुङ निर्देशित यस फिल्मको आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको छ।

तर, सोही दिन बलिउड फिल्म ‘शेहजादा’ र हलिउड फिल्म ‘एन्ट-म्यान एण्ड द वास्प: क्वान्टुमेनिय’ रिलिज हुने कारण शो बाँडिएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फूलबारीलाई २९ शो उपलब्ध गराएको छ। त्यसैगरि, शेहजादालाई २१ र एन्ट-म्यानलाई भने ३५ शो दिएको छ।

फूलबारीले आइएनआइमा ९, वान सिनेमाजमा ८ र सिनेप्लेक्समा सिनेमामा ७ शो, बिग मुभिजमा ६ शो, रन्जना सिनेप्लेक्सले ५ र बिएसआर मुभिजले २ शो पाएको छ। यस्तै, एफक्युब र किर्तिपुर सिनेप्लेक्सले ३/३ शो दिएका छन्। साथै अन्य हलहरु पनि अग्रिम बुकिङ खुलाउने तयारीमा छन्।

फिल्मले सकारात्मक प्रतिक्रिया पाएको खण्डमा महाशिवरात्री, प्रजातन्त्र दिवस र ग्याप्लो ल्होसारको विदामा शोज बढ्ने सम्भावना देखिन्छ।

पारिवारिक कथा समेटेको यस फिल्ममा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ।

यशोदा फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मनिष ढकाल हुन्। कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell