PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

अमेरिकाबाट अर्को 'हाइप्रोफाइल' भ्रमण, काठमाडौं आइपुगिन् सहायक विदेशमन्त्री अख्तर



पहिलोपोस्ट

अमेरिकाबाट अर्को 'हाइप्रोफाइल' भ्रमण, काठमाडौं आइपुगिन् सहायक विदेशमन्त्री अख्तर

काठमाडौं : अमेरिकाको सहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेकी छिन्।

उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप-सहायक विदेशमन्त्री हुन्।

अख्तरले भ्रमणका क्रममा 'आइसिआइएमओडी' र ऊर्जा नेपालका हाम्रा नेपाली साझेदारहरूसँग भेट गेर्नेछिन्।

यस्तै, उनले नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ।

जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयसँगै उनले लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा सरकारी अधिकारीहरुसँग छलफल गर्नेछिन्।

गत हप्तामात्रै युएसएआइडीकी प्रशासक सामन्था पावर नेपाल भ्रमणका लागि आएकी थिइन्। उनी अघि राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरी नुल्यान्ड नेपाल आएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell