PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

सरकारले टर्कीएमा पठायो राहत सामाग्री



पहिलोपोस्ट

सरकारले टर्कीएमा पठायो राहत सामाग्री

काठमाडौं : टर्कीएमा गएको भूकम्पबाट प्रभावितहरुका लागि सरकारले राहत सामाग्री पठाएको छ। परराष्ट्र मन्त्रालयको समन्वयमा टर्कीएमा राहत सामाग्री पठाइएको हो।

परराष्ट्र मन्त्रालयले आज पहिलो खेप सामग्री टर्कीस एअरलाइन्सबाट टर्किए पठाइएको जनाएको हो। आज परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले टर्किस एअरलाईन्सका जेनेरल मेनेजर सेरकान बसरलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् ।

सरकारले विभिन्न सरकारी निकाय, मानवीय क्षेत्रमा काम गर्ने संघ संस्था र निजी क्षेत्रको सहयोगबाट संकलित न्यानो कपडा, मेडिकल सामग्री, टेन्ट, कम्बल लगायतका गरि २२ टन राहत सामग्री पठाएको हो।

माघ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्किएमा मेडिकल उपकरणहरु र न्यानो लत्ताकपडा सहितका अत्यावश्यक सामग्रीहरु पठाउने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell