PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

चिया पिउनुस्, कप पनि खानुस्…



पहिलोपोस्ट

चिया पिउनुस्, कप पनि खानुस्…

कोनमा राखेको आइसक्रिम खाएपछि धेरैजसोले के गर्छन्? कोन पनि खान्छन्। यो पहिलेबाटै चल्दै आएकै चलन हो।

यसैगरी भारतको उत्तर प्रदेशस्थित देवरियाका किसानको एक समूहले कोन झैं चपाउन मिल्ने कप बनाएका छन्। बजारमा पाइने यस्ता कप लिएर खाजाका रुपमासमेत खान पाइने बताइएको छ

प्रयागराजको माघी मेलामा अहिले यस कपप्रति धेरैको आकर्षण बढ्दो छ। 'चिया पिउनुस्, कप खानुस्' नारासहित मकैबाट बनेको कपमा चिया बेचिरहेकोले पनि यसमा आकर्षण बढेको हो।

समूहका एक सदस्य अंकित रायका अनुसार अहिले उक्त कपको माग पूर्वी उत्तर प्रदेशका गाउँ तथा शहरमा बढ्दो छ। उक्त कपको मुल्य अहिले ५ भारु तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell