PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

बालाजु क्षेत्रमा यातायात मजदुरको प्रदर्शन, सडकमै तेर्स्याए बस

बालाजु क्षेत्रमा यातायात मजदुरको प्रदर्शन, सडकमै तेर्स्याए बस

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : विभिन्न माग राख्दै प्रर्दशनमा उत्रिएका यातायात मजदुरले काठमाडौंको बालाजु सडक खण्डमा प्रदर्शन गरेका छन्।

आफ्ना मागहरु पुरा गर्नुपर्ने भन्दै सडकमा बस तेर्साएका हुन्। उनीहरुले सडकमा आवतजावत नै अवरोध हुने गरि बसहरु राखेका छन्। प्रहरीले बसहरु हटाएर सवारी आवगमन सहज बनाउने प्रयास गरिरहेको जानकारी दिएको छ।

उनीहरुले आफ्नो मजदुरलाई कुटपिट गरेकोदेखि ट्राफिक प्रहरीको नियमलाई लिएर विरोध जनाएका हुन्। आफ्नो माग पुरा नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell