काठमाडौं : चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सभापति रवि लामिछाने उम्मेदवार हुने रास्वपाले जनाएको छ। यद्यपि यसबारे निर्णय भने भइनसकेको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। यसअघि लामिछाने उक्त क्षेत्रबाट निर्वाचित भएर उपप्रधान तथा गृहमन्त्री बनेका थिए। सर्वोच्च अदालतले लामिछानेको नागरिकता पुनर्कायम नदेखिएको फैसला गरेपछि उनको सांसद पदसहित अन्य पद गएको थियो।
लगत्तै निर्वाचन आयोगले उपनिर्वाचन तोकेको हो। यसैबारे छलफल गर्न सोमवार पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा केन्द्रीय समिति बैठक बसेको थियो। बैठकमा चितवन २ मा पार्टीको तर्फबाट लामिछाने नै उम्मेदवार हुनेबारेमा छलफल भएको सहमहामन्त्री बुर्लाकोटीले बताए। 'हाम्रा पार्टीका अध्यक्ष निर्वाचनमा उम्मेदवार हुन योग्य हुनुहुन्छ,' बैठकपछि बुर्लाकोटीले भने,'उहाँको विषयमा कुनै फरक मत छैन। तर निर्णय भने भइसकेको छैन।'