PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

पारि गाडी जलाएर वारि प्रहरीसँग भिडन्त, बालाजु-गोङ्गबु क्षेत्र बन्यो रणभूमि

पारि गाडी जलाएर वारि प्रहरीसँग भिडन्त, बालाजु-गोङ्गबु क्षेत्र बन्यो रणभूमि

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : यातायात मजदुरहरुको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ। बालाजु र गोङ्ग्बु क्षेत्र अहिले विरोध प्रदर्शनका कारण तनावग्रस्त बनेको छ।  

पासाङ ल्हामु राजमार्गको प्रवेशविन्दु नै बन्द गरेका यातायात मजदुरले माछापोखरीमा प्रहरीका दुईवटा भ्यान जलाइदिएका छन्। बालाजु चोकदेखि गोङ्गबुसम्म यातायातका साधनहरु बाटोमै तेर्साएर मजदुरहरु विरोधमा उत्रेका हुन्। जसकारण चक्रपथ क्षेत्र नै अस्तव्यस्त बन्न पुगेको छ।

पारि रहेको माछापोखरीमा प्रहरीको भ्यान जलाएका मजदुरहरु वारि बसपार्क क्षेत्रमा भने प्रहरीसँग भिन्डन्तमा उत्रेका हुन्। विष्णुमति पुलमा बसेर बसपार्कतर्फ ढुंगामुढा भइरहेको छ। प्रहरीले पनि जवाफी कारवाहीमा अश्रुग्यास प्रहार गरेको छ।

मजदुरहरुले नयाँ बसपार्क प्रवेश गर्ने स्थानमा रहेको ल्होत्से कम्प्लेक्समाथि पनि ढुंगामुढा गरेका छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell