PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

भोली काठमाडौं उपत्यकाभित्र सवारी साधन नचलाउने मजदुर संगठनको घोषणा



पहिलोपोस्ट

भोली काठमाडौं उपत्यकाभित्र सवारी साधन नचलाउने मजदुर संगठनको घोषणा

काठमाडौं : यातायात मजदुर संगठनहरुले भोली काठमाडौं उपत्यकाभित्र सबै सवारी साधन बन्द गर्ने निर्णय गरेका छन्।  

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखित नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा बन्द गर्ने निर्णय गरेका हुन्।

ट्राफिक नियमको विरोध गर्दै सुरु भएको यातायात मजदुरहरुको विरोध प्रदर्शन अहिले हिंसात्मक बन्दै गएको छ। मजदुरमाथि हातपात भएको र उल्टै प्रहरीले मजदुरलाई नै पक्राउ गरेको भन्दै उनीहरुले विरोध गरिरहेका छन्। जसकारण बालाजु र गोङ्ग्बु क्षेत्र अहिले विरोध प्रदर्शनका कारण तनावग्रस्त बनेको छ। पासाङ ल्हामु राजमार्गको प्रवेशविन्दु नै बन्द गरेका यातायात मजदुरले माछापोखरीमा प्रहरीका दुईवटा भ्यान जलाइदिएका छन्। बालाजु चोकदेखि गोङ्गबुसम्म यातायातका साधनहरु बाटोमै तेर्साएर मजदुरहरु विरोधमा उत्रेका हुन्। 

आफ्ना मजदुरहरु कुटिएको विषय लगायत अन्य माग राख्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell