PahiloPost

Nov 16, 2025 | १ मंसिर २०८२

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिवबिच भेटवार्ता, के के विषयमा भयो कुराकानी?  



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिवबिच भेटवार्ता, के के विषयमा भयो कुराकानी?  

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबिच भेटवार्ता भएको छ। आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा क्वात्राले प्रचण्डसँग शिष्टाचार भेट गरेका हुन्।

क्वात्रा दुई दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका हुन्।

भेटका क्रममा नेपाल र भारतबिच उर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षक, संस्कृति लगायतका क्षेत्रमा सहर्काय गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell