PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

नयाँ बसपार्कमा प्रर्दशनको नाममा पसलमा चोरी तथा लुटपाट गर्ने प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

नयाँ बसपार्कमा प्रर्दशनको नाममा पसलमा चोरी तथा लुटपाट गर्ने प्रहरी नियन्त्रणमा

काठमाडौं : नयाँ बसपार्क क्षेत्रमा प्रर्दशनको नाममा पसलमा चोरी तथा लुटपाट गर्ने समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बालाज क्षेत्रमा यातायात मजदुर संगठनले गरेको प्रर्दशनलाई नियन्त्रण गर्न बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  यातायात मजदुरहरुले नयाँ बसपार्क क्षेत्रमा रहेको ल्होत्सेमा ढुंगामुढा गरेका थिए।

ट्राफिक नियमविरुद्ध आयोजित सभामा ल्होत्से मलका कर्मचारीहरु आएर यातायात मजदुरमाथि हातपात गरेको भन्दै उनीहरुले तोडफोड गरेका हुन्। यही क्रममा पसलमा रहेका सामानहरु चोरी गर्ने समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

' चोरी गर्ने केहीलाई नियन्त्रणमा लिएका छौं। केहीको खोजी पनि भइरहेको छ,' एक प्रहरी अधिकृतले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell