PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

मजदुर संगठनको हड्ताल : यातायातका साधनहरु संचालन नगर्ने



पहिलोपोस्ट

मजदुर संगठनको हड्ताल : यातायातका साधनहरु संचालन नगर्ने

काठमाडौं : यातायात मजदुर संगठनहरुले आज काठमाडौं उपत्यकाभित्र सबै सवारी साधन बन्द गर्ने भएका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेका हुन्।

ट्राफिक नियमको विरोध गर्दै सुरु भएको यातायात मजदुरहरुको विरोध प्रदर्शन हिजो हिंसात्मक भएको थियो। नयाँ बसपार्कमा मजदुरमाथि हातपात भएको र उल्टै प्रहरीले मजदुरलाई नै पक्राउ गरेको भन्दै उनीहरुले विरोध गरेका थिए।। जसकारण बालाजु र गोङ्ग्बु क्षेत्र अहिले विरोध प्रदर्शनका कारण तनावग्रस्त बनेको थियो।

सोही विरोध प्रदर्शनका क्रममा पासाङ ल्हामु राजमार्गको प्रवेशविन्दु नै बन्द गरेका यातायात मजदुरले माछापोखरीमा प्रहरीका दुईवटा भ्यान जलाइदिएका थिए। बालाजु चोकदेखि गोङ्गबुसम्म यातायातका साधनहरु बाटोमै तेर्साएर मजदुरहरु विरोधमा उत्रेका थिए। साँझ भने प्रहरीले अवस्था नियन्त्रणमा लिएको थियो। 

मजदुर संगठनले भने मजदुरमाथि हातपात गर्नेलाई कारवाही हुनुपर्ने, पक्राउ परेकालाई रिहा गर्नुपर्ने लगायतका माग राखेर यातायात बन्द गर्ने घोषणा गरेका हन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell